प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, २० : १५
प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ क्वारेन्टिाइनमा रहेका छन् ।

केही दिनको सेल्फ क्वारेन्टाइन बसाइ पछि गरिएको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस