मन्त्रिमण्डल पूर्नगठनमा पूर्व माओवादी खेमा भित्र खेल्दै प्रधानमन्त्री ओली, छलफलमा अध्यक्षद्धय बिच नै चर्काचर्की

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, ०८ : ४०
मन्त्रिमण्डल पूर्नगठनमा पूर्व माओवादी खेमा भित्र खेल्दै प्रधानमन्त्री ओली, छलफलमा अध्यक्षद्धय बिच नै चर्काचर्की

काठमाडौं । मन्त्रिमण्डल पूर्नगठनमा सत्तारुढ दल नेकपाले तयारी गरेपनि पार्टीका दुई अध्यक्षका बीचमा सहमति जुटन नसक्दा विलम्व भईरहेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पूर्नगठनमा भन्दा पनि रिक्त मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्ति गर्ने तयारी गरेपछि दुई अध्यक्षका बीचमा कुरा मिलेको छैन । 

ओली अहिले रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय र टुक्राएर थपिने तीन मन्त्रालय गरी ६ ओटामा मात्र नयाँ मन्त्री नियुक्त गर्ने तयारीमा छन् । तर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड दुई वर्ष पूरा भएकालाई बिदाई गरेर नयाँ मन्त्री नियुक्ति गनुपर्ने पक्षमा छन् । ५ दिन यताका निरन्तरका छलफल यही विषयमा कुरा मिल्न नसक्दा निश्र्कषमा पुग्न सकेको छैन् । ‘समग्रमा गर्ने की अलिकति गर्ने भन्नेमा दुई अध्यक्षका बीचमा कुराकानी भईरहेको छ ।

प्रधानमन्त्री अलिकति गरौं भन्नुहुन्छ, प्रचण्डले समग्रमा गरौं भनिरह्नु भएको छ  । केही मिलेको छैन, त्यसैमा दिनँहु छलफल जारी छ ।’ सचिवालयका एक सदस्य भन्छन् ।  दुई अध्यक्षमा कुरा नमिल्नुको भित्री कारण भने अर्काे पनि छ । ओलीले पूर्व माओवादी धारका नेताहरुलाई बोलाएर अहिले मन्त्रिमण्डल पूर्नगठनका विषयमा प्रचण्ड विरुद्द उचाल्ने सम्मका काम समेत गरिरहेका छन् । आइतबार क्याबिनेट बैठक सकेपछि उनले माओवादी धारका मन्त्रीहरुलाई बोलाएर प्रचण्डले सबै आफ्नो धारकालाई फाल्न खोजेको तर मैले नमानेको भन्दै प्रचण्ड विरुद्द उचाल्ने काम गरेका थिए ।

त्यक्ति मात्र होइन, सरकारमा को मन्त्री पठाइने, के गर्ने भन्ने ब्यक्तिका विषयमा छलफल नै नभएपनि ओलीले पूर्व माओवादी धारका विभिन्न नेतालाई बालुवाटार बोलाएर ब्यक्तिखुसी मन्त्री पद बाँड्ने र आफुले मन्त्री बनाउन चाहेपनि प्रचण्डले बनाउन नचाहेको प्रचार बाजी समेत गराएका छन् । पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, जर्नादन शर्मा लगायतका नेताहरुलाई ओलीले छुटटै बालुवाटारमा भेट गर्न बोलाएर आफुले मन्त्री बनाउन चाहेको भन्दै मन्त्रालय समेत बढिसकेको स्रोत बताउँछ ।

खासगरी, दीनानाथ शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेललगायतका नेतालाई मन्त्री बनाउन प्रचण्ड नमानेको र आफू निकटका केही मन्त्रीलाई हटाउनु पर्ने बताएको भन्दै अचेल समाचार प्रकाशित गराउने काममा समेत बालुवाटार उत्तिकै प्रचारबाजीमा लागेको छ । पूर्वमाओवादी नेताभित्र खेलेर ओलीले प्रचण्डलाई मन्त्रिमण्डल पूर्नगठनमा कमजोर बनाउने काममा लागिरहेकोले पनि दुई अध्यक्षका बीचमा कुरा मिल्न सकिरहेको छैन् । सोमबार दुई अध्यक्षको छलफल त पूर्व माओवादीमा ओलीले खेल्न खोजेको भन्दै केही बेर चर्काचर्की समेत परेको थियो ।

आफ्नै भित्र अविश्वास सिर्जना गर्ने गरी बालुवाटारले खेल्न थालेपछि प्रचण्डले भने आफु निकट नेताहरुसँग भनेका छन्,–‘व्यक्तिका विषयमा छलफल प्रवेश नै गरेको छैन् । तर मन्त्रीको पद बाहिरैबाट बाँड्ने काम भईसकेको छ । हाम्रै साथीहरुलाई मन्त्री बनाउन मैले नमानेको गलत प्रचारबाजी पनि गराइदैछ । यसरी प्रचार गर्नेहरु आफै नांगिने छन् ।’

ओली उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा लैजान चाहिरहेका छैनन् । तर प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरु गौतम र श्रेष्ठलाई सरकारमा लैजानुपर्ने पक्षमा छन् । सर्वाेच्चमा गौतमका विषयमा हुने छलफल पछि पनि सरकार पूर्नगठनमा प्रचण्ड लगायत नेताहरु छन् । जसकाकारण पनि दुई अध्यक्षका बीचमा विश्वासको वातावरण भत्किन थालेको स्रोतहरुको दाबी छ । 

प्रतिक्रिया दिनुहोस