बुटवल । बाँके नेपालगंजका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।मृतकहरु कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको मंगलबार बिहान ४ बजे मृत्यु भएको पुष्टि गरे ।
मेडिकल कलेजका अनुसार दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजनाको भेन्टिलेटरमा राखि उपचार हुँदे आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ असोज २०७७, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण