मन्त्रिपरिषद् पूर्नगठन कहिले हुन्छ ?

दिनहुँ छलफलमा बसेका प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डका सचिवालय सदस्यहरु भन्छन्,–‘आजको छलफलले थाहा हुन्छ ’

सफल खबर संवाददाता

आइतबार, ११ असोज २०७७, ०८ : ४६
मन्त्रिपरिषद् पूर्नगठन कहिले हुन्छ ?

काठमाडौं । मन्त्रिपरिषद् पूर्नगठनको छलफल अहिले नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्डका बीचमा घनीभूत रुपमा चलिरहेको छ । तीन दिन यताका छलफल त मनित्रपरिषद् पूर्नगठनमै मात्र हुन थालेको छ । हिजो शनिबार साझ दुई अध्यक्षका बीचमा हुने छलफलले एउटा आकार दिने बताईरहदा अन्तिम समयमा ओली र प्रचण्डको भेटवार्ता आजका लागि सरेको थियो । 

प्रधानमन्त्री ओलीले नै आजका लागि छलफल सारेका थिए । कुन मोडेलमा मन्त्रिमण्डल पूर्नगठन गर्ने भन्नेमा कुरा नमिलिरहेका बेला आजको छलफलले भने त्यसको एउटा निश्चित टुंगो लगाउने र ब्यक्ति केन्द्रीत छलफल शुरु हुने दुवै अध्यक्षका सचिवालयका सदस्यहरुको भनाई छ । ‘अहिलेसम्म मन्त्रिपरिषद् पूर्नगठनमा नै केन्द्रीत भएर छलफल भएपनि त्यो कुन मोडलमा पूर्नगठन गर्ने भन्नेमा मात्र छलफल भएको हो, ठोस विधि टुंगिसकेको होइन,’ प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले सफलखबरसँग भने, –‘आज हुने छलफलले एउटा आकार लेला । एउटा विधि तय गर्ला । ’ ओली मन्त्रिमण्डल पूर्नगठन नै गर्नुपर्ने भएपछि त्यसलाई लम्ब्याउने पक्षमा देखिदैनन् ।

उनी सकभर छिटो नै मन्त्रिमण्डल पूर्नगठन गर्न चाहन्छन् । तर त्यो कहिलेसम्म भन्नेमा प्रचण्डले सहमति दिएको खण्डमा जुनकुनै समयमा पनि हुन सक्ने बालुवाटार स्रोतले बताएको छ । दुई अध्यक्षले बिहिबार र शुक्रबार झण्डै तीन तीन घण्टा मन्त्रिमण्डल पूर्नगठनमै केन्द्रीत भएर छलफल गरेका थिए  । शनिबार भने प्रधानमन्त्री ओलीले आफ्नो ब्यस्तता देखाउँदै अन्तिम समयमा भेटलाई आजका लागि सारेका थिए  । आज दुई अध्यक्षका बीचमा छलफल हुदैछ ।

दुई अध्यक्षको छलफलका विषयमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव नेपालसँग पनि परामर्श गरिरहेका छन् । एउटा निश्चित मापदण्ड तयार पारेर सचिवालयमा एक चरण छलफल गरेर पूर्नगठनमा जानुपर्नेमा वरिष्ठ नेता नेपाल लगायतका नेताहरु छन् । तर ओली ४ असोजको सचिवालयमा नेताहरुको सुझाव लिईसकेकोले अब दुई अध्यक्षका बीचमा सहमति जुटाएर मन्त्रिमण्डल पूर्नगठनमा जानुपर्ने पक्षमा देखिएका छन् ।

नेकपाभित्र प्रधानमन्त्री बाहेक सम्पूर्ण मन्त्रीहरु फेर्ने, दुई वर्ष पूरा भएकालाई बिदा गरेर नयाँ मन्त्री ल्याउने या कार्यक्षमताका आधारमा सिमिति मन्त्रीहरुलाई मात्र फेर्ने भन्ने विकल्पमा छलफल छ । तर यही विकल्पबाट जाने भन्नेमा कुनै टुंगो नलागिसकेको कारण पनि मन्त्रिमण्डल पूर्नगठनमा ढिलाई भईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस