बनियानी । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना सङ्क्रमित मध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिए ।
“काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पिसिआर परीक्षण गर्दा पोजिटिभ आयो”, उनले भने, “ती बन्दीको कन्ट्याक टे«सिङको आधारमा अरुको पिसिआर जाँच गर्दा थप १० जनामा कोरोना देखिएको छ ।” २२ जनाको पिसिआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
उपचारका लागि सङक्रमित बन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ । सङ्क्रमित बन्दी भएकाले सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । कारागारमा कोरोना सङ्क्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ । सङ्क्रमित बन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेका छन् ।
आज बिर्तामोड नगरपालिका वडा नं ५ का ६० वर्षीय एक जना महिला, शिवसताक्षी नगरपालिका–१ का ७१ वर्षीय एक जना पुरुष र झापा गाउँपालिका–६ का ५२ र १७ वर्षीय दुई जना स्थानीयमा समेत कोरोना सङक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोनो सङक्रमितको सङ्ख्या ८३६ पुगेको छ । निको हुनेको सङ्ख्या ७५७ जना रहेको छ । सक्रिय सङ्क्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ असोज २०७७, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार १२२ कैदी काठमाडौँबाट पक्राउ
कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्
५८ कैदी बन्दी कारागार फर्किए
चितवन कारागारका ५४ कैदीबन्दी फर्किए
रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु
डडेल्धुरा कारागार तोडेर भागे ५८ कैदीबन्दी, २६ जना फेरि पक्राउ