काँग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

सफल खबर संवाददाता

विहीबार, ०८ असोज २०७७, १३ : ५१
काँग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् । संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् ।

स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा. कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि भदौ ३० गते राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो ।

चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह डिस्चार्ज भएका थिए । चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमा बसेकका कोइरालाले १७ दिनमा कोरोना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस