सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि देशभर लकडाउन हुने

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, १६ : ५५
सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि देशभर लकडाउन हुने

काठमाडौं । देशमा सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन हुने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन (बन्दाबन्दी) गर्न सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । बैठकले संक्रमणदर बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसाय १ महिनासम्म नखोल्न सिफारिस गरेको पनि गौतमले बताए ।

२५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा व्यवस्थापन गर्न असहज हुने भएकाले लकडाउन गर्नुपर्ने मन्त्रालयको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस