ओली–दाहालविरुद्धको अवहेलना मुद्दा सर्वोच्चले तामेलीमा राख्यो

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १७ : २४
ओली–दाहालविरुद्धको अवहेलना मुद्दा सर्वोच्चले तामेलीमा राख्यो

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दालाई सर्वोच्च अदालतले तामेलीमा राखेको छ ।

मुद्दा चल्न नसक्ने अवस्था आएर स्थगन गर्नुलाई तामेली भनिन्छ। मुद्दा चल्न सक्ने अवस्था नदेखेर नै सर्वोच्च अदालतले तामेलीमा राखेको हो । न्यायाधीश तेजबहादुर केसीको इजलासले तामेलीमा राख्ने निर्णय गरेको हो। 

२०७४ कार्तिक १३ गते जनता समाजवादी पार्टी नेपालका नेता तत्कालीन राजपा नेता  सर्वेन्द्रनाथ शुक्लले अदालतको अवहेलना मुद्दा अध्यक्षद्वय विरूद्द सर्वोच्चमा दायर गरेका थिए। उनले एक वर्ष कैद सजाय र १० हजार रूपैयाँ जरिवानाको माग दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस