निजी विद्यालय : विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

पत्रपत्रिकाबाट

आइतबार, ०४ असोज २०७७, ०६ : ५३
निजी विद्यालय : विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

सांकेतिक तस्विर

काठमाडौं । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन् । अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन् । तर, मासिक शुल्क पूरै असुलिरहेका छन् । केहीले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनी दिएका छन् ।

कक्षा १२ सम्मको शिक्षाको दायित्व बोकेको स्थानीय सरकार भने अभिभावकका समस्यामा बेखबर छन् । यही बहाना बनाएर शिक्षा मन्त्रालय यो मामिलाबाट पन्छिने गरेको छ । कतैबाट पनि गुनासो सुनुवाइ नभएपछि बालुवाटारस्थित एक विद्यालयका अभिभावकले राष्ट्रपतिलाई गुहारेका छन् ।

उनीहरूले सुरुमा मन्त्रालय, काठमाडौं महानगरपालिका, अभिभावक महासंघ, प्रहरीलगायत सात निकायमा उजुरी दिएका थिए । स्कुलले कुन कक्षाका विद्यार्थीसँग कति शुल्क लिइएको भन्ने विवरण खुलाउनुपर्ने माग अभिभावकले गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस