काठमाडौँ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले कालोपट्टी बाँधेर काठमाडौँमा प्रदर्शन गरेका छन् ।
प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रूपमा माइतीघर मण्डलादेखि बिजुली बजारसम्म प्रदर्शन गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकमा पूर्णछात्रवृत्तिको व्यवस्था र गैरनाफामुलक भन्ने व्यवस्था हटाउनु पर्ने उनीहरूको माग छ । माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनी उनीहरूले दिँदै आएका छन् ।
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा विधेयकमा भनिएजति छात्रवृत्ति दिन सकिँदैन : निजी विद्यालय