कांग्रेस नेता शशांक कोइरालाको स्वास्थ्यमा सुधार

रासस

विहीबार, ०१ असोज २०७७, १५ : १८
कांग्रेस नेता शशांक कोइरालाको स्वास्थ्यमा सुधार

काठमाडौँ । कोरोनाभाइरस संक्रमित नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै  छ । कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेका उनलाई ज्वरो र खोकी लागेपछि ओम अस्पताल चाबहिल भर्ना  गरिएको हो ।

उनको उपचारमा डा विश्वनाथ कोइराला, डा सुबोध ढकाल र बाबुकाजी कार्की खटेका छन् । चिकित्सकहरुले कोइरालाको स्वास्थ्यमा सुधार हुँदै आएको बताएका छन् । कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको हो । कोइरालाको ज्वरो नियन्त्रणमा आइसकेको र अक्सिजनको जरुरी समेत नपरेको अस्पातलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस