सवारी साधन खुल्न दिने गरी चितवनमा निषेधाज्ञालाई ७ गतेसम्म लम्ब्याइयो, यी कुरामा अझै निषेध

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १८ : २४
सवारी साधन खुल्न दिने गरी चितवनमा निषेधाज्ञालाई ७ गतेसम्म लम्ब्याइयो, यी कुरामा अझै निषेध

चितवन । सरकारले भोलिदेखि लामो दुरीका यातायातका साथै हवाइ यातायात पनि सञ्चालन गर्न पाइने भनेको छ । तर कोरोना संक्रमितको संख्या धेरै भएका जिल्लाहरुमा भने स्थानीय प्रशासनले आवश्यकता अनुसार निषेधाज्ञा गर्न सक्छन् ।

यस्तैमा जिल्ला प्रशासन कार्यालय चितवनले विगत एक महिनादेखि जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै असोज ७ गतेसम्म लम्ब्याएको छ । प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गरी केके गर्न हुने र न हुने भनि जानकारी गराएको छ । 

सार्वजनिक र निजी सवारी साधनहरु सञ्चालन गर्न पाइने गरी विभिन्न कार्यहरुमा निषेध गरिएको छ ।

विज्ञप्तिमा हेर्नुहोस्, केके गर्न पाइन्छ र पाईंदैन ।

 

प्रतिक्रिया दिनुहोस