काठमाडौँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि पनि कुलमान घिसिङको माग भइरहेको छ । प्राधिकरणमा पुनः कुलमान घिसिङलाई माग्दा नागरिकहरुले पानीको फोहोरा खानु परेको छ ।
घिसिङ चार वर्षे कार्यकाल सकेर बिदा भएका छन् । सामाजिक सञ्जालमा मात्र होइन, घिसिङको माग सडकबाट पनि उठ्न थालेको छ । घिसिङको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले तितरवितर पारेको छ।
घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले पानीका फोहोरा प्रहार गरेको थियो।
नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग गरिरहेका छन् । घिसिङलाई प्राधिकरणमा नल्याए पुनः लोडसेडिङ हुने भन्ने डर यतिबेला नागरिकहरुमा छ । जसका कारण घिसिङलाई प्राधिकरणमा ल्याउन सरकारलाई पनि जनदबाब भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ भदौ २०७७, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ
रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक