उपचारको क्रममा धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, ०९ : ३३
उपचारको क्रममा धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

विराटनगर । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरी खडक नगरपालिका ३ का स्थानीय ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।

राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालबाट भदौ ३० गते प्रतिष्ठानमा भर्ना भएका बिरामीमा मृगौलाको समस्या रहेको थियो । प्रतिष्ठानका अनुसार बिरामीको गत एक वर्षदेखि  डाइलाईसिस हुँदै आएको थियो । उनमा उच्च रक्तचापको समेत समस्या रहेको थियो ।

भदौ २८ मा राजविराजको अस्पतालमै कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बिहान १० बजेर ४६ मिनेटमा भर्ना गरिएको थियो । यससँगै प्रदेशमा हालसम्म ५१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस