पूर्व माओवादीसँग किन जुधिरहन्छन् प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा ?

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, ०९ : ०३
पूर्व माओवादीसँग किन जुधिरहन्छन् प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा ?

काठमाडौं । नेकपामा तत्कालिन दुई पार्टी एकता पछि पनि अझै कतिपय पूर्व एमाले धारका नेतालाई त्यो एकता फिटिक्कै रुचीकर लागेको छैन् भन्ने एउटै प्रमाण बोल्छ प्रधानमन्त्री कार्यालयमा बसेर बोल्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अभिब्यक्ति, उनका सामाजिक सन्जालका स्टाटासहरु ।

पार्टीका दुई अध्यक्षले लामो समय विवाद पछि अब विवाद नगर्ने र पूरानै विवादमा समेत नफर्किने, अर्मयादित आरोप प्रत्यारोप बन्द गर्ने, आफनो मत वा असहमति कमिटि प्रणालीअन्र्तगत मर्यादित रुपमा राख्ने भन्दै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) उनको हातमा पुग्न मात्र के पाएको थियो, तर उनले त्यसै सर्कुलरलाई लत्याउदंै समाजिक सन्जालबाटै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ विरुद्ध आलोचनामा उत्रेका छन् । 

थापा श्रेष्ठसँग मात्र होइन, कहिलेकाही बालुवाटारमै बसेर पार्टी अध्यक्ष प्रचण्ड, पूर्व माओवादी धारका नेता कार्यकर्तालाई पनि लक्षित गर्दै आरोपमा उत्रिरहन्छन् । १० वर्षसम्म माओवादी जनयुद्दमा हजारौं शहीद, बेपत्ता, घाइते अपांगहरुको बलिदानबाट सिर्जित गणतन्त्रको हवालीमा बालुवाटार भित्रको सरकारी सुविधामा अहिलेसहित दुई पटक प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा सरकारी रस्वादन चाख्न पुगेका थापालाई त्यो ओहोदामा पुग्न त्याग, बलिदान र समपर्ण गरेका योद्धाहरुको संर्घष बद्ख्याई लाग्छ । अनि विषवमन गर्न बेलाबेला बौरिने गर्छन् ।

अहिले उनले प्रवक्ता नारायणकाजी श्रेष्ठसँग जुहारी खेल्ने त्यही मेसो सामाजिक सन्जाललाई बनाएका छन् । थापा र श्रेष्ठ पार्टीको एकै कमिटिमा छन् । जिम्मेवारी पनि पार्टीको एकै छ, प्रचार विभाग । प्रवक्ता श्रेष्ठ प्रमुख र थापा उपप्रमुख पनि हुन्, प्रचार विभागको । तर उनले त्यसको कुनै हेक्का राखेका छैनन् ।  बालुवाटारमा बसेर आफु भन्दा सार्वजनिक जीवनमा कोही अति लोकप्रिय बन्न थाल्यो भने त्यो उनीहरुका लागि त्यक्ति पाच्य हुदैन् । कुलमान घिसिडका सन्र्दभमा अहिले बालुवाटारलाई भएको छ नै त्यस्तै ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा घिसिङको पदावधी सकिएपछि उनको पूर्ननियुक्तिका लागि जनस्तरमा अहिले आवाज उठिरहेको छ । हिजैमात्र पनि कोरोना ख्याल नगरी सर्वसाधारणले उनको पक्षमा नाराजुलुस नै गरिदिए माइतीघरमा ।  प्रवक्ता श्रेष्ठले पनि सामान्य ब्यक्तिगत अपेक्षा सहित पूर्ननियुक्तिको बारेमा सामाजिक सन्जालमा दुई चार शब्द लेख्नु स्वभाविक नै हो । पूर्ननियुक्ति हुने अपेक्षा गरेको छु भन्दै श्रेष्ठले लेख्नु त्यक्ति ठूलो विषय होइन । तर त्यसैलाई तिललाई पहाड बनाए झै प्रधानमन्त्रीका सल्लाहकारको ओहोदामा समेत रहेका र आफ्नै विभागका प्रमुखका हकमा उनले सामाजिक सन्जालमा अनेक टिप्पणी गर्दै जुध्ने नीति लिएका छन् । 

हेर्नुहोस, सूर्य थापाको श्रेष्ठमाथीको टिप्पणी :
१.कुलमान घिसिङको पक्ष र विपक्षका यतिबेला आ–आफ्ना मत र अभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन् । तर एक अवधि पूरा गरेर हिजो बिदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै...कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?

“नेपाल आमाका सपूत“ को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ? पार्टीको हाल जिम्मेवारी यही हो र ? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला ? बुझ्नै पो कठीन भयो !

२. प्रवक्ताको व्यक्तिगत सचिवालयअन्तर्गत “...अहिले आए आाँसु“जस्तो गरी निजी हिसाबमा “स्वयंसेवा दस्ता“ परिचालनको घोषणा अर्काे उदेकलाग्दो कार्य जानकारीमा आयो । यो संगती र सरोकार नै नभएको कुरा भयो । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ । जसको पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रुचि बढेको होला ?

जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएमसी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्, अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्यो पनि आफ्नो सचिवालय अन्तर्गत व्यक्तिगत निर्णयबाट ? यस कामको लागि संस्थागत निर्णय, अख्तियारी र अनुमोदन पनि आवश्यक नै नपर्ने ? बितेका छ महिनासम्म केही गर्नु नपर्ने, सातौं महिना लाग्ने बेला यो के गर्न खोजिएको होला ? आपतविपद भनेको अहिले धून बजाउँदै आएको त होइन होला ? कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो ? म प्रचार विभागको उपप्रमुखको जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आयो । सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेको सम्बद्घ सबैमा निवेदन गर्दछु ।

कोभिडका विषयमा राज्य गत चैत देखि मुलुकलाई लकडाउन र निषेधाज्ञामा मात्र वन्धकी बनाउने काममा मात्र लागि पर्यो । बन्दाबन्दीमा राज्यले खेल्नुपर्ने भूमिकामा खास चासो दिएन् । कोरोनाका बेलामा समेत औषधी खरिद देखि अनेक भ्रष्टाचार काण्डमा सरकार बदनामी भईरहदा समेत चुप रहनुपर्ने फर्मान शैलीमा उत्रन खोज्ने बालुवाटारको पूरानै शैली हो । प्रवक्ता श्रेष्ठले कोभिडका सन्र्दभमा आफ्नो ठाँउबाट गर्न सक्ने सेवाभाव र भोलियन्टरीका रुपमा आफ्ना सचिवालयका सदस्यलाई परिचालन गर्नुमा समेत उनको विरोधीभाव छ । आफु पनि केही गर्न नसक्ने तर अरुले केही अनुकरणीय काम गर्न खोज्यो भने पनि विरोधको शैलीमा उत्रने थापाको पूरानै शैली हो । 

श्रेष्ठले भोलिन्टरी का रुपमा आफनो सचिवालयमा निर्माण गरेका स्यवंसेवी दस्ताका विषयमा सूर्य थापाको विरोध त्यसैको एउटा कडी हो ।  हुन त थापाको यो शैलीको पार्टीमा बेला बेला अनुशासनको विषय बनेर नउठेको होइन् । तर पनि पार्टीभित्रको अन्तरसंर्घषको फाइदा उठाउदै उनले त्यो कारवाहीको भागिदार बन्नुपर्ने विषयबाट जोगिदै आएका छन् ।

पार्टीकै हिजो मात्रै जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) लाईनै मात्र आधार मान्ने हो भने पनि थापाका सामाजिक सन्जालमा हुने यस्ता गैहजिम्मेवार प्रवृत्ति र नेता माथीको आरोप प्रत्यारोपमा थापा कारवाहीको भागिदार बन्नुपर्ने हो । तर उनलाई वालुवाटारमै राखेर प्रधानमन्त्री ओलीले बचाईरहेको देख्दा नेकपामा अझै मन नमिलेको संकेत प्रष्टै दिन्छ । 
 

प्रतिक्रिया दिनुहोस