वीरगन्जमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, ०८ : २७
वीरगन्जमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगन्जमा गरिएको परिक्षणमा  पर्सा र बाराका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति २ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा पर्सा र बाराका गरी थप १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाका अनुसार संक्रमित हुनेहरुमा पर्साका ८ र बाराका १० जना रहेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकामा ५, परवानीपुरमा १, बडेर्वामा १ र पटेर्वा सुगौली गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

बाराको जितपुर सिमरा उप महानगरपालिकामा ६, सिम्रौनगढ नगरपालिकामा ३ र सुवर्ण गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका लागि विगत केही समय देखि हटस्पटको रुपमा रहेको वीरगंन्जमा अहिले संक्रमण दर घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस