वामाको । मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा आठ जना मारिएका र अरु तीन जना नराम्ररी घाइते भएका बताइएको छ ।
सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो । तर बुधबार ती अज्ञात व्यक्तिहरु निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली वर्साएका थिए ।
उनीहरुले सो गाउँका कैयौँ घरमा आगो लगाएका थिए । रातिको समयमा भएको सो हिंसामा गाउँलेहरुबीच त्रास फैलिएको थियो ।
उक्त हिंसा कसले र किन गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ भदौ २०७७, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या