काठमाडौं । कोरोना महामारीका कारण विभिन्न देशमा रहेका नेपालीलाई सरकारले स्वदेश फिर्ता गर्ने निर्णय गरेको भए पनि भारतस्थित नेपाली भने अलपत्र परेका छन् ।
भदौ १६ देखि असोज १४ सम्म एक सय ४२ नियमित र चार्टर उडानका लागि तोकिएका २० वटा गन्तव्यमा भारत भने परेको छैन । जसका कारण रोजगारी, अध्ययन, उपचार तथा अन्य प्रयोजनका लागि भारत आइपुगेका नेपाली यहीं रोकिन बाध्य भएका हुन् ।
रोजगारी, अध्ययन, उपचारलगायत विभिन्न प्रयोजनका लागि भारतमा रहेका हजारौं नेपालीहरू लामो समयसम्म भारतमै छन् । उडान सुरु होला र घर फर्कन पाइएला भनेर दिन पर्खेर बसेका नेपालीहरू निराश मात्र बनेका छैनन् आफूहरूलाई गरेको बेवास्ताका कारण सरकारप्रति आक्रोशित पनि देखिएका छन् ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ भदौ २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने