काठमाडौं । कोरोना महामारीका कारण विभिन्न देशमा रहेका नेपालीलाई सरकारले स्वदेश फिर्ता गर्ने निर्णय गरेको भए पनि भारतस्थित नेपाली भने अलपत्र परेका छन् ।
भदौ १६ देखि असोज १४ सम्म एक सय ४२ नियमित र चार्टर उडानका लागि तोकिएका २० वटा गन्तव्यमा भारत भने परेको छैन । जसका कारण रोजगारी, अध्ययन, उपचार तथा अन्य प्रयोजनका लागि भारत आइपुगेका नेपाली यहीं रोकिन बाध्य भएका हुन् ।
रोजगारी, अध्ययन, उपचारलगायत विभिन्न प्रयोजनका लागि भारतमा रहेका हजारौं नेपालीहरू लामो समयसम्म भारतमै छन् । उडान सुरु होला र घर फर्कन पाइएला भनेर दिन पर्खेर बसेका नेपालीहरू निराश मात्र बनेका छैनन् आफूहरूलाई गरेको बेवास्ताका कारण सरकारप्रति आक्रोशित पनि देखिएका छन् ।कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ भदौ २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
वायु प्रदुषणका कारण उडानहरु प्रभावित
बाक्लो तुवाँलोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित
भोजपुरमा ३ महिनापछि उडान शुरू
पोखरा-छेन्दु आजदेखि नियमित उडान