चितवन । चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २४ गतेको मन्त्रीस्तरको निर्णयबाट डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि डा श्रीराम तिवारी भरतपुर अस्पतालको मेसु थिए । एघारौँ तहका डा पाण्डे प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन हुन् ।
स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाका अनुसार अर्को निर्णय नभएसम्म भरतपुर अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारको प्रयोग गरी काम गर्न डा पाण्डेलाई निर्देशन गरिएको छ ।
यसअघि बाँकेको भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट फिजिसियन एवं अस्पतालका मेडिसिन विभागका प्रमुख बनेका डा पाण्डे कोरोना सङ्क्रमित भएर निको भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ भदौ २०७७, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’