फुटबलर एमबाप्पे कोरोना संक्रमित

एजेन्सी

मंगलबार, २३ भदौ २०७७, ०९ : २२
फुटबलर एमबाप्पे कोरोना संक्रमित

एजेन्सी । फुटबलका युवा स्टार खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट खेल्दै आएका एमबाप्पेमा संक्रमण पुष्टि भएको हो ।

उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । गएको हप्ता पनि पिएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो ।

एमबाप्पेमा पनि संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ । २१ वर्षका एमबाप्पेले नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा एक गोल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस