काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएका बिरामीको आँखा, किडनी लगायतका अंग निकालिन्छ, भन्दै अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफुलाई प्राकृतिक चिकित्सक बताउने एकजनालाई प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो । प्राकृतिक चिकित्सक बताउने लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए ।
सडकमा बस्नेलाई कोरोना किन लाग्दैन ?’ भन्दै उनले सो युट्युब च्यानलमा भनेका छन्– ‘सरकारमा मगन्तेहरु बसेका छन्, कोरोना नाममा तिनले भ्रष्टाचार गर्ने बहाना बनेको छ ।’
प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका छन् । उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ भदौ २०७७, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ