काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएका बिरामीको आँखा, किडनी लगायतका अंग निकालिन्छ, भन्दै अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफुलाई प्राकृतिक चिकित्सक बताउने एकजनालाई प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो । प्राकृतिक चिकित्सक बताउने लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए ।
सडकमा बस्नेलाई कोरोना किन लाग्दैन ?’ भन्दै उनले सो युट्युब च्यानलमा भनेका छन्– ‘सरकारमा मगन्तेहरु बसेका छन्, कोरोना नाममा तिनले भ्रष्टाचार गर्ने बहाना बनेको छ ।’
प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका छन् । उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ भदौ २०७७, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ