काठमाडौँ । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएको आरोप छ ।
उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकामा लुकिछिपी बसेको अवस्थामा आज साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।
निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झडप भएको थियो । सोही क्रममा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।
उनीहरुलाई अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ भदौ २०७७, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ