काठमाडौँ । बाल यौन दुरुपयोग मुद्धाका दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ छन् ।
उनलाई घरबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजविरुद्ध जिल्ला अदालतले विसं २०७६ साउन २९ गते दुई महिना पाँच दिन कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यसयता फरार रहेका उनलाई पक्राउ गरी आज नै जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ भदौ २०७७, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ