सुर्खेत । कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा नयाँ अवसर जुटाइदिएको छ । विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस प्रदेशमा अहिले कोरोनाकै कारण स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय विकास भएको छ ।
चिकित्सकको अनुहार देख्न नपाउने यस प्रदेशका दुर्गम ठाउँका बासिन्दाले अहिले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन थालेका छन् । स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएका छन् । अस्पतालमा सघन उपचार कक्ष ९आईसीयू० र भेन्टिलेटर जस्ता महìवपूर्ण उपकरण थपिएका छन् । व्यक्तिगत सरसफाइमा सुधार आएको छ । आयुर्वेदिक उपचारप्रति पनि ध्यान गएको छ । यी सबैको विकास कोरोनाकै कारण भएको स्वास्थ्यसँग सम्बद्ध पदाधिकारी बताउँछन् ।
२६ भेन्टिलेटर र ६२ आईसीयू बेड
कोरोना महामारी सुरु हुनुभन्दा अघि कर्णाली प्रदेशमा आठवटा आईसीयू बेड र आठवटै भेन्टिलेटर थिए । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आईसीयू र तीनवटा भेन्टिलेटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीनवटा आईसीयू र पाँच भेन्टिलेटर थिए । अहिले कोरोना सङ्क्रमण रोक्न यी दुई अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर थपिएका छन् । हाल डोल्पा बाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा थप गरिएका छन् । स्थापना भएको वर्षौं बित्दा पनि आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न नसकेका अस्पतालले कोरोना सङ्क्रमण सुरु भएको पाँच महिनाको अवधिमा आईसीयू र भेन्टिलेटर सेवा थप गर्ने अवसर पाएका छन् ।
अहिले कर्णाली प्रदेशमा २६ वटा भेन्टिलेटर र ६२ वटा आईसीयू बेड पु¥याइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशक रिता भण्डारी जोशीले कोरोना सङ्क्रमण रोक्न अहिले प्रदेशमा भेन्टिलेटर र आईसीयू बेड थप गरिएको बताउनुभयो । आईसीयू बेड र भेन्टिलेटर थप हुनुलाई ठूलो उपलब्धि मानिएको छ । यस्तै कर्णालीका चार स्थानमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । सुर्खेतको प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख अस्पताल र रुकुम चौरजहारीमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् ।
२७ स्थानमा चिकित्सक उपलब्ध
कर्णालीका अस्पतालमै चिकित्सक बस्न नमान्ने विगतको अवस्थामा अहिले परिवर्तन आएको छ । सबै जिल्ला र मुख्य स्थानमा चिकित्सक पु¥याइएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० जिल्लाका सदरमुकाम तथा पायक पर्ने स्थान छनोट गरी २७ स्थानमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ भदौ २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीमा माओवादी संसदीय दलको बैठक सुरु
कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा नदिने अडानमा कायम
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु