शुल्क नतिरेको भन्दै विद्यालयका प्रिन्सिपलले अभिभावकका खुट्टा भाँचिदिए

पत्रपत्रिकाबाट

आइतबार, २१ भदौ २०७७, ०७ : ५१
शुल्क नतिरेको भन्दै विद्यालयका प्रिन्सिपलले अभिभावकका खुट्टा भाँचिदिए

परासी । विद्यालयको शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै पूर्वी नवलपरासीका एक अभिभावकलाई निजी विद्यालयका प्रिन्सिपलले खुट्टा भाँचिदिएका छन् । विनयी त्रिवेणी गाउँपालिका(६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कुटपिट गरेर खुट्टा भाँचिदिएका हुन् ।

प्रिन्सिपलको कुटाइबाट ती अभिभावको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए । कु्टपिटबाट पश्चिम नवलपरासी सुस्ता गाउँपालिका(३ का कृष्णप्रसाद अचार्य घाइते भएका हुन् । आचार्यको दाहिने खुट्टा भाँचिएको छ । कुँवरको विद्यालयमा आचार्यका दुई छोराहरु अध्ययन गर्दर्थे ।

साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको थियो । रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताए । आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस