जलेश्वर । महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतबाट अवैध रुपमा लागुऔषध बोकिआएका धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ बस्ने १८ वर्षीय पारस राई र १९ वर्षीय सुजीत सदालाई प्रहरीले गए राति जलेश्वर नगरपालिका–२ स्थित सडकमा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले २२५ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ भने उनीहरुमाथि लागुऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० भदौ २०७७, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ