जलेश्वर । महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतबाट अवैध रुपमा लागुऔषध बोकिआएका धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ बस्ने १८ वर्षीय पारस राई र १९ वर्षीय सुजीत सदालाई प्रहरीले गए राति जलेश्वर नगरपालिका–२ स्थित सडकमा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले २२५ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ भने उनीहरुमाथि लागुऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० भदौ २०७७, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ