चितवन । कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई गम्भीर अवस्थामा गरिने उपचार पद्धति प्लाज्मा थेरापीको चितवनमा भएको पहिलो प्रयास नै असफल भएको छ । हेटौँडाकी एक संक्रमित महिलालाई प्लाज्मा दिइएको २४ घण्टा नबित्दै उनको मृत्यु भएको छ ।
शुक्रबार मकवानपुर, हेटौँडा–११ की एक कोरोना सङ्क्रमित महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ की ५२ वर्षकी महिलाको प्लाज्मा चढाइएको थियो ।
अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार बिहीबार राति दुई पोका ‘बी पोजेटिभ’ प्लाज्मा चढाइएको र शुक्रबार दिउँसो १ः४४ बजे सङ्क्रमित महिलाको मृत्यु भएको हो ।
निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । संक्रमित महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा. शीतल अधिकारी र डा. दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी गरेको थियो ।
कोरोनाबाट मृत्यु हुने २१ पुगे
चितवनमा उपचारको क्रममा मृत्यु हुने कोरोना सङ्क्रमितको संख्या २१ पुगेको छ । मृतक २१ मध्ये १६ जना ५० वर्ष उमेर काटेका छन् । चितवनवासीमात्रै ११ जना छन् । मृतकमध्ये भरतपुर वडा नं–११ का मात्रै चार जना छन् । मृतकमध्ये १० जना महिला रहेका छन् ।
मृतक सङ्क्रमितमध्ये सबैभन्दा कम उमेरकी भरतपुर–११ की १८ वर्षकी र सबैभन्दा बढी उमेर खैरहनीकी १०१ वर्ष उमेरकी वृद्धासम्म रहेका स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० भदौ २०७७, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवनमा लागुऔषधसहित सात युवक पक्राउ
चितवन पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा
चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव आयोजना
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग