काठमाडौं । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।
कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ भदौ २०७७, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप ६ जनामा कोरोना संक्रमण
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण