काठमाडौं । विश्वभरि नै कोरोना कहर शुरु भएसंगै अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु विदेशमा अलपत्र परेर बसेका छन् । कहिले नेपाल पुगौला, भन्ने उनीहरुमा छटपटि शुरु भएको छ । नेपाल सरकारले केही देशबाट नेपालीहरुको उद्धार गरेपनि अहिले पनि उद्धार हुन बाँकी लाखौको संख्यामा प्रवाशीहरु रहेका छन् ।
उनीहरुलाई अहिले सम्म पनि सरकारले तदारुकताका साथ फिर्ता ल्याउन सकेको छैन् । तर उनीहरु बसेको स्थानबाट त्यहीको सरकारले निःशुल्क फर्काउने भनेपनि नेपाल सरकारले आनकानी गर्दै आएको छ । युएईमा अलपत्र परेका ११ सय नेपालीलाई निःशुल्क चार्टर उडानमार्फत ल्याउन इत्तेहाद एयरलाइन्सले अनुमति मागेको छ । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १४ भदौमा निवेदन दिएको हो ।
सेप्टेम्बर ४ देखि ८ वटा उडानमार्फत ११ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन । दूतावासले सिसिएमसीले जारी गरेका नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणसमेत निःशुल्क गराएर नेपालीलाई ल्याउने प्रस्ताव गरेको छ ।
एयरलाइन्सले युएईको रोजगारदाता कम्पनीसँग सहकार्य गरेर नेपाली श्रमिकहरूलाई निःशुल्क ल्याइदिने प्रस्ताव गरेको हो । तर, एयरलाइन्सको प्रस्तावको विषयमा आफूलाई केही जानकारी नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । बुधबार कार्यालय गएर बुझ्ने उनको भनाइ छ । सरकारले ८ सय कोटा तोकेको र सोहीअनुसार प्रस्ताव अध्ययन गरेर मात्रै निर्णय लिने सचिव अधिकारीले बताए ।
एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म चार्टर उडान प्रस्ताव गरेको हो । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने प्रस्तावमा उल्लेख छ । युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउनेछ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली कामदार मात्रै ल्याइनेछ । भिसा अवधि सकिएकाहरूका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने भएकाले पनि अनुमति दिन माग गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ भदौ २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ महिनामा विदेशबाट नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
विदेशमा अध्ययनरत नेपालीबाट बाहिरियो करिब ४३ अर्ब
किन सधैँ विमान विदेश डाइभर्ट ?
विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड
‘भिजिट भिसा’ मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि