काठमाडौ । हाल मुलुकभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। तर कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण हुन नसकेका जहाज भने अझै भारत बा उडान भरेर आएकै गन्तव्यमा फर्किने बाध्यता कायमै रहेको छ ।
भैरहवा र पोखरामा रहेका विमानस्थल काठमाडौं विमानस्थलको विकल्प बन्न नसक्दा भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ डाइभर्ट हुँदै आएका छन् । विमानस्थलमा समस्या आउँदा शनिबार पनि यही क्रमले निरन्तरता भयो ।
बिगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमान भारतको पटना र लखनउ अवतरण हुने गरेका थिए। हाल देशमा तीन विमानस्थल तयारी अवस्थामा रहँदासमेत समस्या ज्यूँकात्यूँ छन् ।
आफ्नै दुई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत पाइलटले उडान भर्नुअघि नै जहाज अवतरण गर्ने वैकल्पिक विमानस्थल खुलाउने प्राबधान हुन्छ । बिदेशी एयरलाइन्सले नेपालका अन्य विमानस्थललाई विकल्पमा नराख्दा र नेपालमा हवाई इन्धन महँगो हुने भएकाले जहाज भारततर्फ डाइभर्ट हुने क्रमले निरन्तरता पाइरहेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।
भैरहवा बा पोखरा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग विदेशो हवाई कम्पनीलाई सर्त अघि सार्नुपर्ने उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २३ कार्तिक २०८२, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
विदेशमा अध्ययनरत नेपालीबाट बाहिरियो करिब ४३ अर्ब
विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड
‘भिजिट भिसा’ मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि