किन सधैँ विमान विदेश डाइभर्ट ?

पत्रपत्रिकाबाट

आइतबार, २३ कार्तिक २०८२, ०७ : ४१
किन सधैँ विमान विदेश डाइभर्ट ?

काठमाडौ । हाल मुलुकभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। तर कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण हुन नसकेका जहाज भने अझै भारत बा उडान भरेर आएकै गन्तव्यमा फर्किने बाध्यता कायमै रहेको छ । 

भैरहवा र पोखरामा रहेका विमानस्थल काठमाडौं विमानस्थलको विकल्प बन्न नसक्दा भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ डाइभर्ट हुँदै आएका छन् । विमानस्थलमा समस्या आउँदा शनिबार पनि यही क्रमले निरन्तरता भयो ।

बिगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमान भारतको पटना र लखनउ अवतरण हुने गरेका थिए। हाल देशमा तीन विमानस्थल तयारी अवस्थामा रहँदासमेत समस्या ज्यूँकात्यूँ छन् । 

आफ्नै दुई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत पाइलटले उडान भर्नुअघि नै जहाज अवतरण गर्ने वैकल्पिक विमानस्थल खुलाउने प्राबधान हुन्छ । बिदेशी एयरलाइन्सले नेपालका अन्य विमानस्थललाई विकल्पमा नराख्दा र नेपालमा हवाई इन्धन महँगो हुने भएकाले जहाज भारततर्फ डाइभर्ट हुने क्रमले निरन्तरता पाइरहेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

भैरहवा बा पोखरा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग विदेशो हवाई कम्पनीलाई सर्त अघि सार्नुपर्ने उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस