चार जना कैदीको मृत्यु, एक जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १५ : ०२
चार जना कैदीको मृत्यु, एक जनामा कोरोना संक्रमण पुष्टि

फाइल फोटो

काठमाडौँ । केन्द्रीय कारागार सुन्धारामा ४ जना कैदीबन्दीको मृत्यु भएको छ । तीमध्ये १ जना ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मेगा अस्पतालमा मृत्यु भएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलका अनुसार कञ्चनपुरबाट उपचारका लागि ल्याइएका ४० वर्षीय पुरुष कैदीको मृत्यु भएको छ।

उपचारका लागि ल्याइएका उनमा १४ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो। मेगा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। मृतक चारै जना दीर्घरोगी रहेको विभागले जनाएको छ ।

तीनजना कैदीको वीर अस्पतालमा सोमबार मृत्यु भएको हो। उनीहरुको पनि अस्पतालले परीक्षणका लागि स्वाब संकलन गरेको छ।

तर, रिपोर्ट आइसकेको छैन। मृत्यु भएका ५८ वर्षीय पुरुष पाल्पा, ६० वर्षीय बझाङ र ६४ वर्षीय सिराहस्थित कारागारबाट उपचारका लागि काठमाडौं ल्याइएका कैदीबन्दी हुन् ।

केन्द्रीय कारागार सुन्धारामा अहिलेसम्म ५२ जना कैदीबन्दी र ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस