वीरगन्जमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, ११ : १७
वीरगन्जमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगन्जमा गरिएको परिक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको प्रयोगशालामा ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ८ महिलासहित ६ वर्षदेखि ७० वर्ष उमेर समूहका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमित हुनेहरुमा पर्साका ३२ जना, बाराका ४ जना र एक जना सर्लाहीका बासिन्दा हुन् । वीरगन्ज महानगरपालिका– ११ श्रीपुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

वीरगन्जको छपकैयामा ३ जना, वडा २० मा दुई जना र वडा १५, ६, १३, ५ मा एकरएक जना संक्रमित थपिएका छन् । पर्साको कालिकामाई गाउँपालिका– १ र ४ मा ४ र ४ जना र वडा ३ मा एक जना कोरोना संक्रमित थपिएका छन् । जिराभवानी गाउँपालिका–२ मा थप दुई जनामा कोरोना देखिएको छ । बाराको कोल्भीमा तीन जना र महागढीमाई नगरपालिका– ११ मा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस