डा.युवराज खतिवडालाई नै राष्ट्रिय सभामा मनोनित गर्ने प्रधानमन्त्री ओलीको तयारी

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, ०८ : ४८
डा.युवराज खतिवडालाई नै राष्ट्रिय सभामा मनोनित गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभाको एक रिक्त पदमा अर्थमन्त्री डा. युवराज खतिवडालाई मनोनित गर्ने तयारी गरेका छन् । ६ महिना अगाडी नै उनकै रिक्त स्थानमा फेरी ओलीले खतिवडालाई नै दोहोराउन खोजेका हुन् । वामपन्थी सरकारका अर्थमन्त्री भएर पनि काँग्रेस नेता डा. रामशरण महत लगायतले अवलम्वन गर्दै आएको नवउदारवादका प्रर्बतक बनेर अर्थ मन्त्रालयको वागडोर सम्हालिरहेका खतिवडालाई राष्ट्रिय सभामा लैजान का लागि ओलीले अनेक जुक्ति निकाल्दै छन् । 

नेकपाभित्र पार्टीको सिफारिसमा सरकारले मनोनित हुने सांसद सिफारिस गरेर राष्ट्रपति कँहा पठाउनु पर्ने आवाज उठिरहेको छ । त्यही क्रममा गत फागुन दोश्रो साता बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउने सर्वसम्मत निर्णय गरेको थियो । ओली स्वंमको अध्यक्षतामा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय लिएको थियो ।

तर त्यो निर्णय लेखिएको माइन्यूटको मसी समेत सुक्न नपाउदै र बैठक सकेर नेताहरु आ–आफनो निवास फर्किन नपाउदै ओलीले उक्त निर्णय आफुले नमान्ने बताएका थिए ।  वरिष्ठ नेता माधव नेपाललाई पूनः बालुवाटार बोलाएर उनले गौतमलाई राष्ट्रिय सभामा लैजान नसकिने बताए । त्यसपछि नेकपाभित्र विवाद जन्मिएको थियो । त्यही बेला देखि सरकारले राष्टिय सभाको रिक्त पदमा कसैलाई पनि सिफारिस गर्न सकेको छैन् ।

डा. खतिवडाले भने गै¥ह सांसदका रुपमा पूनः अर्थमन्त्रीमै पूर्ननियुक्ति लिदै दोहोराएर सपथ खाएर गै¥ह सांसदका रुपमा ६ महिना अर्थ मन्त्रालयको बागडोर सम्हालिसकेका छन । उनले गै¥ह सांसदकै रुपमा बजेट पनि ल्याएका छन् । संविधानतः ६ महिनासम्म संसदमा सदस्य नभएमा उनको पद स्वत निष्क्रिय हुने सम्वैधानिक ब्यवस्था छ । सोही आधारमा अबको एक सातामा उनको नियुक्ति राष्ट्रिय सभा सदस्यका रुपमा नभए उनको अर्थमन्त्री पद धरापमा पर्छ 

प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरु परिवर्तन गर्ने वा नगर्ने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको विषय भएको बताए । ओलीले अर्थमन्त्री डा.युवराज खतिवडाले राम्रो काम गरेकाले दोहोरिने संकेत गरे । उनले भने, ’उहाँले राम्रो काम गर्नु भएको छ । दुई चार दिन बाँकी छ, हेरौँ ।’

समाजवाद उन्मुख अर्थब्यवस्थाको आधार तयार पार्दै समाजवादको यात्रामा जाने बताउँदै आएको नेकपा सरकारले बोली एकातिर तर पछ्छाई भने अर्काेतिर रहने गरी अर्थमन्त्री खतिवडालाई निरन्तरता दिईरहेको छ । उनको बजेटको शैलीसँग पार्टीभित्रकै बहुमत नेता सहमत छैनन् । पार्टीभित्र दिग्गज अर्थमन्त्री चलाईसकेका नेताहरु पनि छन् । तर ओलीले उनैप्रति देखाईरहेको मोह भने अचम्मको छ ।  गत फागुनको सचिवालयले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयलाई पछि सचिवालयले नै खारेज गरिसकेको तर्क अहिले प्रधानमन्त्रीको छ ।

नेकपाभित्रको पूर्व एमाले समुहभित्र पनि खतिवडाको साटो उपाध्यक्ष गौतम, गुरु बराल या अन्य कुनै नाममा सहमति खोजेर मनोनित गर्न प्रधानमन्त्रीलाई आग्रह् गर्नेहरुको जमात ठूलो छ । तर ओली त्यो कुनै सुझावको वास्तै नगरी खतिवडाकै निरन्तरताको पक्षमा देखिएका छन् ।  गौतमले पछिल्लो पार्टीभित्र देखा परेको ओलीको संकटका लागि त्राण भर्ने काम गरेका थिए ६ बुँदे प्रस्ताव ल्याएर ।

तर ओली तिनै गौतमलाई भकुन्डो बनाएर कहिले कता हान्ने, कहिले कता हान्ने गर्दै फुटवल जसरी खेलाईरहेका छन्  । गौतम पनि ओलीको त्यही किक भित्र खेलिरहेका छन् । शनिबार ओलीले एक टेलिभिजन कार्यक्रममा गौतम राष्ट्रिय सभामा जाने कुराको च्याप्टर नै क्लोज भईसकेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘एकपल्ट उहाँ (वामदेव) लाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो । त्यसपछि त्यो निर्णय सकिएको छ । यसअघि उहाँले पनि राष्ट्रिय सभाको चुनावमा नजाने भन्नु भएको थियो ।’

प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरु परिवर्तन गर्ने वा नगर्ने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको विषय भएको बताए । ओलीले अर्थमन्त्री डा.युवराज खतिवडाले राम्रो काम गरेकाले दोहोरिने संकेत गरे । उनले भने, ’उहाँले राम्रो काम गर्नु भएको छ । दुई चार दिन बाँकी छ, हेरौँ ।’

ओलीको यो भनाईले पनि देखाउँछ ओलीले राष्ट्रिय सभामा खतिवडालाई नै दोहोराउन चाहिरहेका छन् । त्यसैका लागि उनी पार्टीभित्र आफ्नो अनुकुलको वातावरण बनाउन चाहिरहेका छन् । १८ गते नेकपाको सचिवालयमा यो विषयमा पनि छलफल हुन सक्ने नेकपाका एक सचिवालय सदस्यले बताए । 
 

प्रतिक्रिया दिनुहोस