काठमाडौं । राजधानीका आदिवासी पुष्पलाल श्रेष्ठले स्थापना गरेको राजनीतिक पार्टी नेकपाको झन्डै दुई तिहाइ बहुमतको सरकार रहेका बेला नेवार समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । पार्टीको नेतृत्व तहदेखि नै राजधानीको आदिवासी नेवार समुदाय बहिष्कृतजस्तै बनेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
पुष्पलालका साथ नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेहरुमा नरबहादुर कर्माचार्य, नीरञ्जन गोविन्द वैद्य र नारायण विलाश जोशी हुनुहुन्थ्यो । तर अहिले केपी ओली अध्यक्ष तथा प्रधानमन्त्री भएको त्यस पार्टीको सचिवालयमा कुनै नेवार छैनन् न त फुल मन्त्रीमा नै नेवार अटाएका छन् ।
विश्वको उत्कृष्टमध्ये एक भनिएको २०७२ को संविधानले समानुपातिक समावेशीको कुरा गरेको छ तर मुलुकको करिब ६ प्रतिशत जनसंख्या रहेको नेवार समुदाय राजनीतिक नेतृत्वबाट बहिष्कृत प्रायः देखिन्छ ।
नेकपाको शक्तिशाली नेतृत्वदायी निकाय सचिवालयमा कुल नौ सदस्य छन्, तर एक जना पनि राजधानीको नेवार देखिँदैन ।
७१ वर्षअघि गठन भएको नेकपामा पार्टी र सरकार दुवै असमावेशिताको उदाहरण बनेको छ । पार्टी गठनको कुरा मात्र होइन राज्य निर्माणमा पनि नेवार समुदायको योगदान अग्रपंक्तिमा देखिन्छ । लोकतन्त्रको स्थापनामा उनीहरुले ज्यान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ भदौ २०७७, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी