आफ्नै समुहका दुई नेतामाथी माधव नेपालले किन गरे आशंका ?

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, ०९ : ३०
आफ्नै समुहका दुई नेतामाथी माधव नेपालले किन गरे आशंका ?

काठमाडौं । सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलको प्रतिवेदनमाथी वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका छन् । आफुले २०७५ भदौंबाट नै उठाउँदै आएको एक ब्यक्ति एक मुख्य जिम्मेवारीको एजेण्डा अहिले पनि सम्बोधन हुन नसकेको भन्दै नेपालले कार्यदलको प्रतिवेदनमा असन्तुष्टि जनाएका छन् । कार्यदलको प्रतिवेदनमा उनले सार्वजनिक रुपमा नै कुनै टिप्पणी त गरेका छैनन्, तर उनी निकट नेताहरुमार्फत नेपालले कार्यदलको प्रतिवेदनमा असन्तुष्टि जनाउन थालेका छन् । 

कार्यदलको प्रतिवेदनमा नेकपाले १३ भदौंमा सचिवालय बैठकमा छलफल गर्दैछ । उनले सहकार्यमा रहेका अध्यक्ष प्रचण्ड र आफ्नै समुहका दुई नेताबाट समेत धोका भएको महसुस गरेका छन् । उनी अहिले आफ्नै निवासमा होम आइशोलेसनमा बसेका छन् । गत ५ भदौंमा उनका पिसएओ सहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै भेटघाट बन्द गरेर आइशोलेसनमा बसेका हुन् ।  कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल, प्रचण्ड पक्षबाट जर्नादन शर्मा र पम्फा भुषाल र नेपाल पक्षवाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए ।

कार्यदलले दुई अध्यक्षको ब्यवस्थापन र अधिकार बाँडफाँडलाई मात्र केन्द्रविन्दुमा राखेर प्रतिवेदन ल्याएको र त्यसले पार्टीको मुल विधि र पद्दतीलाई सम्बोधन गर्नुपर्नेमा कुनै काम नगरेको भन्दै नेपाल सशंकित बनेका हुन् । पार्टी कमिटिले बनाउनु पर्ने कार्यदल शुरुमै दुई अध्यक्षले मात्र गठन गर्नु, कार्यदलले प्रतिवेदन गत मंसिर ४ को सहमति भन्दा पनि पछि हटेर ओली र प्रचण्डको मात्र ब्यवस्थापन गरेर ल्याउनुले पार्टीभित्रको मूल समस्याको सम्बोधन हुन नसकेको नेपालको भनाई छ । उनले अहिले आफ्नै घरबाट आफु निकट नेताहरुसँग कार्यदलको प्रतिवेदनलाई मानेर जान नसकिने धारणा राख्न थालेका छन् ।

‘नेकपाभित्र अहिले तीनवटा समूह छन् । त्यसको व्यवस्थापन नभएसम्म पार्टीभित्रको विवाद समाधान स्थायी रुपले हुँदैन । दुई अध्यक्ष मिलेर मात्रै पार्टीभित्रको विवाद समाधान हुन्छ भन्ने असफल मोडल हो’, रिजालले भने, कार्यदलले विषय प्रवेश गरेर छलफल गरेर प्रतिवेदन ल्याएको देखिएन् ।

उनले शनिबार हुने सचिवालय बैठकमा आफ्ना असन्तुष्टि पोख्ने तयारी गरेका छन् । कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनालले पनि असन्तुष्टि जनाईरहेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ भने मौन बसिरहेका छन् । ३० साउनमा ओली र प्रचण्डले कार्यदल गठन गरेपछि ३१ साउनमा नेपाल, खनाल र श्रेष्ठले प्रचण्डलाई भेट गरी कार्यदल गठनको प्रक्रिया नमिलेको भन्दै असन्तुष्टि पोखेका थिए । पार्टी कमिटिले कार्यदल गठन गरेर त्यसको स्वामित्व कमिटिले लिनुपर्नेमा त्यसो नगरी दुई अध्यक्षले गठन गरेको कार्यदललाई पार्टीले नचिन्ने भन्दै खनाल, नेपाल र श्रेष्ठले प्रश्न उठाएका थिए । त्यसपछि कार्यदलको बैठकमा पनि कार्यदल सदस्यहरुले कार्यदलको वैधानिकतामा प्रश्न उठाएका थिए । 

कार्यदलको वैधानिकतामाथी नै प्रश्न उठेपछि नेकपाले भदौं १ मा सचिवालय बैठक बोलाएर कार्यदललाई अनुमोदन गराएका थिए । जसले भदौं ६ मा आफ्नो प्रतिवेदन दुई अध्यक्षलाई बुझाईसकेका छन् । सोमबार दुई अध्यक्षले झण्डै दुई घण्टा कार्यदलको प्रतिवेदनमा छलफल गरेर १३ गते सचिवालय बैठक राखेर थप छलफल गर्ने समझदारी बनाएका थिए ।  नेपाल निकट एक स्थायी समिति सदस्यका अनुसार, वरिष्ठ नेता नेपालले आफूलाई प्रचण्डले धोका दिएको गुनासो महसुस गरेका छन् ।

‘प्रचण्ड कमरेडले प्रधानमन्त्री ओलीको स्वेच्छाचारितामा संयुक्त मोर्चाबन्दी गरेर लड्ने प्रतिबद्धता जनाउनु भएको थियो, तर उहाँहरुको कँहा के मिल्यो, झन ओलीलाई नै बलियो बनाउने गरी प्रचण्डले ओली कमरेडसँग सम्झौता गर्नुभयो, ओली प्रचण्डको चोचोमोचोमा र कार्यदलले अहिले ल्याएको प्रतिवेदनमा वरिष्ठ नेता नेपाल सन्तुष्ट हुनुहुन्न,’ नेपाल निकट ति स्थायी समिति सदस्यले सफलखबरसँग भने, –‘माधव कमरेडले पार्टी बैठकमा नै यस विषयमा प्रष्ट धारणा राखेर आफ्ना मत दर्ज गर्नुहुन्छ ।’

नेपाल प्रचण्डसँग मात्र असन्तुष्ट छैनन् । उनी आफ्नै समुहमा रहेका स्थायी समिति सदस्य भीम रावल र सुरेन्द्र पाण्डेसँग पनि सन्तुष्ट देखिन्नन् । कार्यदलमा रहेका चार नेता महासचिव पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसालले ल्याएको कुरामा सहमति जनाएर आफूले विश्वास गरेकाबाट पनि धोका भएको उनको बुझाइ छ । आफू निकट भनिएका नेता भीम रावल र सुरेन्द्र पाण्डेले पनि आफ्नो स्वार्थ मात्रै हेरेर आफूहरुलाई धोका दिएको निश्कर्षमा नेता नेपाल पुगेको बताइएको छ । रावल र पाण्डे अबको मन्त्रीमण्डल पूर्नगठनमा मन्त्रीको लोभमा एजेण्डा छोडेर सम्झौतामा गएको नेपालको बुझाई रहेको पनि ति स्थायी समिति सदस्यले बताए ।

जुन विवाद समाधानका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो, त्यसमा कार्यदलले विषय प्रवेश गरेर छलफल नै नगरेको नेपाल पक्षका नेताहरुको भनाई छ ।नेपाल निकट मानिने केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्रको शक्ति सन्तुलनलाई बेवास्ता गर्दै दुई जना अध्यक्ष मिलेर नेकपाभित्रको विवाद समाधान नहुने बताए । ‘नेकपाभित्र अहिले तीनवटा समूह छन् । त्यसको व्यवस्थापन नभएसम्म पार्टीभित्रको विवाद समाधान स्थायी रुपले हुँदैन । दुई अध्यक्ष मिलेर मात्रै पार्टीभित्रको विवाद समाधान हुन्छ भन्ने असफल मोडल हो’, रिजालले भने, कार्यदलले विषय प्रवेश गरेर छलफल गरेर प्रतिवेदन ल्याएको देखिएन् ।

कार्यदलले बुझाएको प्रतिवेदनमा केही नयाँ विषय नभएको उल्लेख गर्दै रिजालले ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने सहमति गत वर्षको मंसिर ४ कै सहमति भएको र यसमा नयाँ विषय केही आउनै नसकेको बताए । यो कार्यदलको प्रतिवेदनले विवाद समाधानको खाका ल्याउन सकेन, उनले भने । 

वरिष्ठ नेता नेपालले आफ्नै नेता किन एजेण्डा केन्द्रीत रहेर छलफलमा बसेनन् भनेर शंकाको दृिष्टकोणले हेर्न थालेका छन् । कार्यदल छलफलमै रहेका बेला प्रधानमन्त्री ओलीले रावल र पाण्डेलाई छुटाछुटै भेट गरेका थिए । ती भेटवार्ता बारे पनि दुई नेताले गोप्य राखेको र छलफलका विषय प्रष्ट नपारेकोले मन्त्रीको प्रलोभनमा नेताहरुले एजेण्डा छोडेर सम्झौतापरस्त नीति लिएको हुन सक्ने आशंका ब्यक्त गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस