काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र ठोरी लगायतका नेपाली नागरिकले सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाएकी छन् ।
बुधवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उनले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्री साहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरूले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनु परेको बताएकी हुन् ।
सांसद गच्छदारले संसद्लाई बेवास्ता गर्ने प्रधानमन्त्रीलाई संसदमा आएर उक्त अभिव्यक्तिबारे स्पष्टीकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराइन् । उनले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०८३, १२ : १६
लेखकबाट थप