रुकुम (पश्चिम) । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक जना पक्राउ परेका छन् । एक जना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ ।
उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जयप्रकाश घर्ती भने फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।
केही दिनअघि रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेका थिए । घटनाको अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा रुकुमपूर्व र रुकुमपश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अपरेसन’ चलाएको र सोहीअनुसार मङ्गलबार दुई व्यक्ति पक्राउ परेका हुन् । उनीहरुबाट लागुऔषध के कति मात्रामा बरामद भयो भन्ने बारेमा भने खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १० भदौ २०७७, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
लागुऔषधसहित तीन जना पक्राउ
लागुऔषधसहित ४ जना पक्राउ
लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ