काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपाल यतिबेला होम आइशोलेशनमा बसेका छन् । उनका पिएसओ सहितका ९ जना सुरक्षाकर्मीमा ५ भदौंमा कोरोना संक्रमण पुष्टि भएपछि नेता नेपाल आइशोलेसनमा बसेका हुन् । नेकपाभित्रको विवाद सल्टाउन दई अध्यक्षले गठन गरेको र पछि सचिवालय बैठकले अनुमोदन गरेको कार्यदलले आफ्नो १७ पृष्ठ लामो विवाद समाधानको सुझाव सहितको प्रतिवेदन केपी ओली र प्रचण्डलाई ६ भदौंमा बुझाईसकेका छन् ।
नेकपाले यो सुझाव प्रतिवेदनलाई दुई अध्यक्षका बीचमा छलफल गरेर सचिवालय हुदैं स्थायी समितिमा लैजाने गरी तयारी गरेको छ । तर माधव नेपाल आफ्नै घरको आइशोलेसनमा बसेका कारण पनि अध्यक्षद्दयले पनि प्रतिवेदन हतारमा छलफल गरिरहेका छैनन् । आज मात्रै दुई अध्यक्षले छलफल गर्ने रणनीति बनाएका छन् । त्यसपछि मात्र सचिवालय बैठकका बारेमा नेताद्दयले टुंगो लगाउने भएका छन् । तर वरिष्ठ नेता माधव नेपाल होम आइशोलेसनमा अझै केही दिन बस्न चाहेकाले सचिवालय बैठक केही दिन अझै नबस्ने भएको हो ।
सुरक्षाकर्मी सहित नेता नेपाल र उनको परिवारका गरी २४ जनाको गत ४ भदौंमा स्वाव परिक्षण गरिएको थियो । जसमध्ये नेपाल सहित उनका परिवारको रिपोर्ट नेगेटिभ आएको थियो । तर रिपोर्ट फेरि पोजेटिभ आउन सक्न ठान्दै नेपाल होम आइशोलेसनमा बसेका हुन । उनका स्वकिय सचिव मोहन गौतमका अनुसार अहिले नेपालले कसैसँग पनि भेटघाट नगरी घरमै होम आइशोलेनमा बसिरहेका छन् ।
‘माधव कमरेड सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि आफैं सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ, कुनै पनि भेटघाट नगरी उहाँ अहिले घरमै बसिरहनुभएको छ । अझै केही दिन यसै गरी बस्ने योजनामा हुनुहुन्छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले सफलखवरसँग भने । नेता नेपालले अब २ दिन जति थप आइशोलेसनमा बसेर मात्र फेरि कोरोना परिक्षण गराउने योजना बनाएका छन् ।
एकातिर वरिष्ठ नेता नेपालको होम आइशोलेसन र अर्काेतिर उपत्यका निषेधाज्ञाका कारण सचिवालय बैठक अझै केही दिन अनिश्चित बनेको छ । नेता नेपाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष मध्ये एक पदबाट केपी ओलीले राजीनामा दिनुपर्ने अडान राख्ने नेता हुन् । अझै पनि ओलीको कार्यशैली सुधार उन्मुख नदेखिएको भन्दै उनी त्यही अडानमै छन् । तर अध्यक्ष प्रचण्डले विवादलाई महाधिवेशनतिर लगेर टुंग्याउने तयारी गरेपनि नेपाल र झलनाथ खनाल ओली सुध्रने संकेत नदेखिएको वताउँदै आईरहेका छन् ।
प्रचण्डले आफ्नो स्वार्थ पूरा गर्न आफ्नो साथ खोजेको तर स्वार्थ पूरा हुने अवस्थामा ओलीसँग कुनै सम्झौता गरेको हुनसक्ने भन्दै नेपालले ओली प्रचण्ड बीचमा पछिल्लो पटक कार्यदल बनाउने निर्णय लिएर आउदा देखि नै शंकाको दृष्टिले हेर्न थालिसकेका छन् । तर पनि प्रचण्डको साथ तत्काल छोडने योजनामा भने नेपाल पक्ष नरहेको उनी निकट एक स्थायी समिति सदस्यको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ भदौ २०७७, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु: माधव नेपाल
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल