काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित बाराही बजारमा आज स्काभेटर आगजनी गरेको आशङ्कामा एक जनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्किङ गरिराखिएको वा २ क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशङ्कामा बेलकोटगढी –१३ चिसापानीका ४८ वर्षीय राजाराम पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।
प्रनि फुयाँलका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिई सञ्चालन गर्दै आइरहेको स्काभेटरलाई आज बिहान ५ बजे अज्ञात समूहले आगजनी गरेको थियो । स्काभेटर आगजानी भएका स्थानमा बकेटमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको पत्रसमेत छाडिएको उहाँले जानकारी दिनुभयो । क्षति विषयमा जाँचबुझ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ भदौ २०७७, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ