चितवन । इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका—३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् । भरतपुर महानगरपालिका—१८ चनौली बजारमा चेकजाँचका क्रममा वा३ख ७९५८ नम्बरको ट्रकमा लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजासहित दुबै जनालाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ । इन्द्र ट्रकका चालक हुन भने दोर्जे सहचालक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ भदौ २०७७, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ