काठमाडौं । नेपाल प्रहरीका दुईजना डिआईजी बिच अहिले आफ्नै मातहतका प्रहरीलाई निलम्बन गर्ने प्रतिष्पर्धा जस्तो चलेको छ । प्रहरी अधिकारी बिच कहिले गुन्डालाई गोली हान्ने प्रतिस्पर्धा त कहिले पदका लागि हानाथाप हुदै आएको त सबैलाई थाहै छ ।
तर अहिले बागमती प्रदेश र प्रदेश नम्बर २ का डिआईजीबीच यस्तो प्रतिस्पर्धा देखिएको हो । मातहतका प्रहरीले गल्ती गरेको भन्दै छानबिनका लागि आफ्ना निलम्बन भन्दै प्रेस विज्ञप्ती नै जारी गर्ने होडबाजी समेत यि दुई जना बिच चलेको छ ।
दुई साताअघि २ नम्बर प्रदेश प्रहरी कार्यालयले असई सुरेश सहनीलाई निलम्बन गरेकोबारे विज्ञप्ति नै निकालेको थियो । सर्लाहीको मोहनापुर चौकीमा कार्यरत असई सहनीलाई आर्थिक लेनेदनको आरोपमा निलम्बन गरिएको थियो । जुन विषयलाई प्रदेश कार्यालयले विज्ञप्ति नै निकालेर प्रचार गराएको थियो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरीले गाडीसँग पैसा लिएको आरोपमा हवल्दार कमल खड्का र जवान वीरबहादुरप्रसाद यादवलाई निलम्बन ग¥यो । त्यस विषयलाई लिएर बागमती प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गरेको थियो । आइतबार जारी गरेको बिज्ञप्तीमा हालसम्म १३ जना प्रहरीलाई यसरी निलम्बन गरिसकेको उल्लेख गरिएको छ । त्यस्तै प्रदेश २ मा डिआईजी सिह गएयता आठ जना प्रहरी निलम्बनमा परेका छन् ।
प्रहरीमा सुधारका लागि गल्ती गर्नेलाई कारबाही गर्नैपर्छ । तर, आन्तरिक छानबिनको विषयलाई मिडियामा प्रचार नै गरेर आफु राम्रो बन्न खोज्ने प्रवृत्तिलाई भने प्रहरीभित्रै अनौठो मानिएको छ । प्रदेश नम्बर २ का डिआईजी धिरजप्रताप सिंह र बागमती प्रदेशका बसन्त कुमार लामाबीच यस्तो गजबको प्रतिस्पर्धा देखिएको छ ।
दुवै जना एउटै ब्याची हुन् । दुवै जनाले निलम्बन अभियान अघि बढाएपछि वर्षोदेखि घुमुवाका रुपमा कार्यरत प्रहरीलाई भने आफ्नो गोप्य टिममै राखेका छन् । दृष्टि साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी
राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध
२० जना प्रहरी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना
काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी
फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी
२२ प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्यो यस्तो सूचना