काठमाडौं । नेपाल प्रहरीका दुईजना डिआईजी बिच अहिले आफ्नै मातहतका प्रहरीलाई निलम्बन गर्ने प्रतिष्पर्धा जस्तो चलेको छ । प्रहरी अधिकारी बिच कहिले गुन्डालाई गोली हान्ने प्रतिस्पर्धा त कहिले पदका लागि हानाथाप हुदै आएको त सबैलाई थाहै छ ।
तर अहिले बागमती प्रदेश र प्रदेश नम्बर २ का डिआईजीबीच यस्तो प्रतिस्पर्धा देखिएको हो । मातहतका प्रहरीले गल्ती गरेको भन्दै छानबिनका लागि आफ्ना निलम्बन भन्दै प्रेस विज्ञप्ती नै जारी गर्ने होडबाजी समेत यि दुई जना बिच चलेको छ ।
दुई साताअघि २ नम्बर प्रदेश प्रहरी कार्यालयले असई सुरेश सहनीलाई निलम्बन गरेकोबारे विज्ञप्ति नै निकालेको थियो । सर्लाहीको मोहनापुर चौकीमा कार्यरत असई सहनीलाई आर्थिक लेनेदनको आरोपमा निलम्बन गरिएको थियो । जुन विषयलाई प्रदेश कार्यालयले विज्ञप्ति नै निकालेर प्रचार गराएको थियो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरीले गाडीसँग पैसा लिएको आरोपमा हवल्दार कमल खड्का र जवान वीरबहादुरप्रसाद यादवलाई निलम्बन ग¥यो । त्यस विषयलाई लिएर बागमती प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गरेको थियो । आइतबार जारी गरेको बिज्ञप्तीमा हालसम्म १३ जना प्रहरीलाई यसरी निलम्बन गरिसकेको उल्लेख गरिएको छ । त्यस्तै प्रदेश २ मा डिआईजी सिह गएयता आठ जना प्रहरी निलम्बनमा परेका छन् ।
प्रहरीमा सुधारका लागि गल्ती गर्नेलाई कारबाही गर्नैपर्छ । तर, आन्तरिक छानबिनको विषयलाई मिडियामा प्रचार नै गरेर आफु राम्रो बन्न खोज्ने प्रवृत्तिलाई भने प्रहरीभित्रै अनौठो मानिएको छ । प्रदेश नम्बर २ का डिआईजी धिरजप्रताप सिंह र बागमती प्रदेशका बसन्त कुमार लामाबीच यस्तो गजबको प्रतिस्पर्धा देखिएको छ ।
दुवै जना एउटै ब्याची हुन् । दुवै जनाले निलम्बन अभियान अघि बढाएपछि वर्षोदेखि घुमुवाका रुपमा कार्यरत प्रहरीलाई भने आफ्नो गोप्य टिममै राखेका छन् । दृष्टि साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेन जेड अगुवाहरू प्रहरीको नियन्त्रणमा
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण