घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहनु हुन्छ : वामदेव गौतम

रासस

मंगलबार, ०२ भदौ २०७७, २१ : ०९
घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहनु हुन्छ : वामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । 

नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उहाँ आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उहाँप्रति श्रद्धासुमन अर्पणका साथ शोकसंतप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । 

यसैगरी शान्ति गीत संगीत अभियानले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ ।  गीतकार एवं अभियानका अध्यक्ष प्रकाश रायमाझीले शोक विज्ञप्तिमार्फत उहाँको निधनले स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

गीतकार रायमाझीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस