निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि चितवनमा हवाई फायर

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, १५ : ५७
निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि चितवनमा हवाई फायर

चितवन । चितवनको राप्ती नगरपालिकाको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । 

निषेधाज्ञाको समयमा भिडभाड गरेको र स्थानीय दुईपक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घट्नाको थप विवरण आउन बाँकी छ ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले पिप्ले मन्दिरमा पूजा गरिएको ढुङ्गा सोही नगरपालिकाको पाख्रिबासकी सरस्वती पुन नाम गरेकी महिलाले लगेपछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनुपर्ने भन्दै भेला भएका थिए । ती महिलाले सपनामा भगवानले सो ढुङ्गा ल्याउन भनेको भन्दै लगेको प्रहरीले जनाएको छ । ढुङ्गा फिर्ता ल्याउन भेला भएका स्थानीयलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको थियो । 

भीडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय ठाकुर बर्तौला रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस