काठमाडौँ । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।
‘तामाकोशीको वडानम्बर ४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक दुई हवाई फार गर्नुभएको हो’, सहायक प्रमुख जिल्ला अधिकारी आलेले भने, ‘अहिले अवस्था सामान्य भैसकेको छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा हवाई फायर गरेर लागु औषधसहित दुई जना पक्राउ
तीनकुनेमा हवाई फायर
प्रहरीमाथि नै आक्रमण प्रयासपछि हवाई फायर