काठमाडौँ । सप्तरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन्। उनीहरूलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो।ब्युरोसँगै स्थानीय प्रहरी पनि खटिएको थियो। उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०८२, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेमा हवाई फायर
प्रहरीमाथि नै आक्रमण प्रयासपछि हवाई फायर