वीरगन्जमा गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, १० : १५
वीरगन्जमा गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा मध्ये ४५ जना पर्साका र अन्य २ जना बारा जिल्लाका रहेक छन् ।  अस्पतालका अनुसार संक्रमित हुनेमा १० महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमित अधिकांश पर्सा जिल्लाका रहेका छन् । 

नारायणी अस्पतालका मेसु डाक्टर उदयनारायण सिंहका अनुसार संक्रमित हुनेमा नारायणी अस्पतालका ७ जना कर्मचारी पनि रहेका छन् ।  

यस्तै एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस