चितवनमा कोरोना सन्त्रास

भरतपुर अस्पतालका मेसु तिवारी सहित ३ वरिष्ठ चिकित्सकमा कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, ०९ : ०९
भरतपुर अस्पतालका मेसु तिवारी सहित ३ वरिष्ठ चिकित्सकमा कोरोना संक्रमण

चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै मेसु तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । भने प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोखरेल पनि अस्पतालकै आइसोलसनम बसेका छन् ।

संक्रमित तिनै जनामा कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले जानकारी दिए । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा यसअघि ३६ जना संक्रमित राखिएका छन् । 

अस्पतालको प्रसुती र आकस्मिक कक्षलाई निर्मलीकरण गरेपछि मुल कक्षलाई सञ्चालनमा ल्याउने तयारी छ । अस्पतालले आधारभूत सेवा अवरुद्ध नहुने गरी आकस्मिक कक्षको वैकल्पिक कक्ष व्यवस्थापन गरिन लागेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस