काठमाडौँ । प्रदेश र केन्द्रमा समायोजन हुने प्रहरीको दरबन्दी टुंगो लागेको छ । प्रतिवेदनअनुसार केन्द्रमा २४ हजार चार सय तथा प्रदेशमा ५५ हजार दुई सय प्रहरीको दरबन्दी कायम भएको हो।
समितिले नेपाल प्रहरीमा डिआईजीको पाँच दरबन्दी गर्ने प्रस्ताव पारित गरेको छ । प्रहरी प्रधान कार्यालयका लागि दरबन्दी थप भएको हो । गृहसचिव अध्यक्षताको संगठन तथा व्यवस्था सर्वेक्षण समितिको बुधबार बसेको बैठकले प्रहरीको दरबन्दी टुंगो लगाएको हो ।
समितिले उपत्यकाका तीन जिल्लाको सुरक्षामा केन्द्रीय प्रहरी मातहत नै राख्ने निर्णय गरेको छ । समितिमा प्रहरी महानिरीक्षक, अर्थ, कानून र प्रधानमन्त्री कार्यालयका सहसचिव समेत सदस्य छन् । मन्त्रिरिषद्ले पास गरेपछि दरबन्दीको अन्तिम टुंगो लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०७७, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका