काठमाडौँ । प्रदेश र केन्द्रमा समायोजन हुने प्रहरीको दरबन्दी टुंगो लागेको छ । प्रतिवेदनअनुसार केन्द्रमा २४ हजार चार सय तथा प्रदेशमा ५५ हजार दुई सय प्रहरीको दरबन्दी कायम भएको हो।
समितिले नेपाल प्रहरीमा डिआईजीको पाँच दरबन्दी गर्ने प्रस्ताव पारित गरेको छ । प्रहरी प्रधान कार्यालयका लागि दरबन्दी थप भएको हो । गृहसचिव अध्यक्षताको संगठन तथा व्यवस्था सर्वेक्षण समितिको बुधबार बसेको बैठकले प्रहरीको दरबन्दी टुंगो लगाएको हो ।
समितिले उपत्यकाका तीन जिल्लाको सुरक्षामा केन्द्रीय प्रहरी मातहत नै राख्ने निर्णय गरेको छ । समितिमा प्रहरी महानिरीक्षक, अर्थ, कानून र प्रधानमन्त्री कार्यालयका सहसचिव समेत सदस्य छन् । मन्त्रिरिषद्ले पास गरेपछि दरबन्दीको अन्तिम टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०७७, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेन जेड अगुवाहरू प्रहरीको नियन्त्रणमा
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण