मलेसियामा ६ वटा उडान हुने

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, १३ : १६
मलेसियामा ६ वटा उडान हुने

काठमाडौं । मलेसियामा अलपत्र परेका नेपालीको उद्धारका लागि ६ वटा उडान हुने भएको छ । कोभिड १९ का कारण रोजगारीको करार समाप्त भएपछि पनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण मलेसियामा नेपालीहरु अलपत्र छन् ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै भदौ १, ३ र ५ गते हुने ६ वटा चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको छ । भदौ १ गते हिमालय एयरलाइन्सले एक उडान, भदौ ३ गते हिमालय एयरलाइन्सको दुई र नेपाल एयरलाइन्सको एक उडान हुँदै छ । यस्तै भदौ ५ गते हिमालय एयरलाइन्स र मलिन्दो एयरलाइन्सले एकएक उडान गर्ने भएको हो । 

उक्त उडानको टिकट मूल्य हिमालय र नेपाल एयरलाइन्सको ४५ हजार १०० रुपैयाँ छ भने मलिन्दो एयरलाइन्स टिकट मूल्य ४२ हजार ९३३ रुपैयाँ रहेको दूतावासले जनाएको छ ।