‘जसपा’ले  किन चुन्न सकेन संसदीय दलको नेता ?

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, ०९ : ५१
‘जसपा’ले  किन चुन्न सकेन संसदीय दलको नेता ?

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच पार्टी एकता पछि जनता समाजवादी पार्टी (जसपा) बनेको तीन महिना पुगेको छ । दल दर्ताको कानुनी वैद्यता निर्वाचन आयोगबाट यो दलले प्राप्त गरिसकेको छ । अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन । तर डा. बाबुराम भटट्राई ? पूर्वप्रधानमन्त्री समेत रहेका डा. भटट्राईको जसमामा अहिले कुनै पदीय हैसियत छैन् ।

दल दर्ताको अन्तिम प्रक्रिया पूरा गर्दा उक्त पार्टीमा देखिएको वरियता विवादका कारण डा. भटट्राईले कुनै पनि पद लिन अस्वीकार गरे । त्यसपछि उनलाई राखियो बरिष्ठ नेताका रुपमा चौथो नम्बरमा । पार्टी एकतापछि कमिटिगत भागवन्डा लगाउन जनता समाजवादीको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो ।

त्यो पनि फेरि सत्तारुढ दल नेकपाको सम्पत्तिको रुपमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको बालकुमारीस्थित भवनमा ।  तीन दिन बैठक चले, २६ गतेसम्म पार्टी कार्यकारी समितिको बैठक बस्ने र त्यसले कमिटिको भागवन्डा टुग्ंयाउने, पदाधिकारी चयन गर्ने र पार्टी संसदीय दलको नेता चयन गर्ने गरी बैठक बोलाईएको थियो ।

तर नेताहरुका बीचमै चलेको शक्ति संर्घषका कारण विवाद पेचिलो बनेपछि जसपाको बैठक बिना निश्र्कष टुंगो नै नलगाई एकाएक बैठक नै सकिएको छ । जसपाका एक नेताले भने,–‘बैठक बोलाइयो, ३ दिन बसियो, जस्ताको तस्तै कुनै निर्णय नगरी त्यक्तिकै सकियो ।’ उनका अनुसार, बैठक बोलाउँदा नै २६ साउन सम्म बैठक वस्ने जानकारी सहभागी नेताहरुलाई गराईएको थियो । तर नेताहरुका बीचमा भागवन्डामै कुरा नमिलेपछि एकताको चरणमै पार्टीमा गम्भिर समस्या देखा पर्ने देखेपछि बैठक त्यक्तिकै सकिएको थियो ।

जसपामा संसदीय दलको नेताको तिव्र आकांक्षा राजेन्द्र महतोले देखाएका छन् । तर केही नेताहरुले दल नेतामा डा. बाबुरामलाई दिनुपर्ने तर्क पनि सारेका छन् । अध्यक्षको जिम्मेवारीमा नरहेका कारण दलको जिम्मा भने डा. बाबुरामलाई दिनुपर्ने तर्क पनि जसपावृत्तमा उठेको छ । 

यही विवाद टुंगो लगाउन नसक्दा जसपा पार्टी एकता प्रक्रिया टुंगो लगाउनै नसक्ने गरी अल्झिएको छ । पदाधिकारीमा को–को हुने ? दलका नेता कसले उछिट्याउने भन्नेमा कुनै निश्र्कष निकाल्न उसले सकेन् । ‘अब विवाद मिलाउने जिम्मा शिर्ष नेतालाई दिइएको छ । शीर्ष नेताहरु बस्नुहुन्छ, त्यसपछि उहाँहरुले एउटा निश्र्कष निकाल्नुहोला,’–जसपाका ति नेताले बताए । 

कार्यकारिणी समितिको बैठकले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतोलाई निर्णय गर्ने जिम्मा दिएको हो । जसपाको पहिलो कार्यकारिणी समितिको बैठकमा पार्टी समायोजन, कार्यविभाजनसहितका सात वटा एजेन्डा प्रस्तुत भएको थियो । तर एउटैमा कुनै निर्णय उक्त पार्टीले लिन सकेन् । सातवटै एजेन्डामा कार्यकारिणी समितिका सदस्यहरूले दिएका सुझाब मिलाएर शीर्ष पाँच नेताले निर्णय सार्वजनिक गर्ने नेता लक्ष्मणलाल कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस